नियम २७
पुनर्स्थापना केन्द्रको स्थापना, व्यवस्थापन तथा सञ्चालन सम्बन्धी मापदण्ड
: ऐन तथा यस नियमावली बमोजिम पुनर्स्थापना केन्द्र स्थापना तथा सञ्चालन गर्न देहाय बमोजिमको मापदण्ड पूरा गरेको हुनु पर्नेछ :-
(क) अपाङ्गता भएका व्यक्तिलाई पुनर्स्थापनाको लागि न्यूनतम आधारभूत सुविधा सहितको भौतिक संरचना भएको,
(ख) अपाङ्गता भएका व्यक्तिलाई आवश्यक आधारभूत स्वास्थ्य सेवा तथा औषधी उपचारको सेवा उपलब्ध गराउन सक्ने क्षमता भएको,
(ग) अपाङ्गता भएका व्यक्तिलाई खेल तथा मनोरञ्जनको लागि आवश्यक खुला स्थान भएको,
(घ) अपाङ्गता भएका व्यक्तिलाई आवश्यकता अनुसार शिक्षा तथा सीपमूलक तालीम प्रदान गर्न वा सोको प्रबन्ध गर्न सक्ने क्षमता भएको,
(ङ) न्यूनतम दश जना अपाङ्गता भएका व्यक्ति बराबर तीन जना तालीम प्राप्त सहयोगीको प्रबन्ध भएको,
(च) मन्त्रालयले समय समयमा तोकेका पूर्वाधार तथा अन्य सुविधा सम्बन्धी मापदण्ड पूरा भएको ।